यशैयाको पुस्तक 49:2 - सरल नेपाली पवित्र बाइबल2 उहाँले मेरा वचन तरवारझैँ धारिला बनाउनुभयो, उहाँले मेरो रक्षा आफ्नै हातले गर्नुभयो। उहाँले प्रहार गर्न तयार पारेको अति तीखो काँडझैँ मलाई बनाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मेरो मुख लाग्ने तरवारजस्तै बनाउनुभयो। उहाँले मलाई आफ्नो हातको छहारीमुनि लुकाउनुभयो। उहाँले मलाई चिल्लो र टल्कने काँड़ बनाउनुभयो, र मलाई आफ्नो ठोक्रोमा लुकाइराख्नुभयो। Viz kapitolaपवित्र बाइबल2 परमप्रभुले मलाई उहाँका निम्ति बोल्न प्रयोग गर्नुहुन्छ। उहाँ मलाई धारिलो तरवार जस्तै प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई रक्षा पनि गर्नुहुन्छ। ऊ हाँले मलाई आफ्नो हत्केलामा लुकाउनु हुन्छ। परमप्रभुले मलाई तिखो काँड झैं प्रयोग गर्नुहुन्छ, तर उहाँले मलाई काँडको ढोक्रोमा लुकाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मेरो मुख उध्याएको तरवारझैँ बनाउनुभयो; उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभयो; उहाँले मलाई टल्काइएको तीरझैँ बनाउनुभयो, र मलाई उहाँको ठोक्रोमा लुकाउनुभयो। Viz kapitola |