यशैयाको पुस्तक 2:3 - सरल नेपाली पवित्र बाइबल3 र ती मानिसहरूले यसो भन्नेछन्, “हामी परमप्रभुको पर्वत उक्लेर इस्राएलका परमेश्वरको मन्दिरमा जाऔं। उहाँले हामीलाई हामीले गर्नुपर्ने काम सिकाई दिनुहुनेछ। उहाँले खटाउनुभएको बाटोमा हामी हिँड्नेछौं किनभने परमप्रभुको शिक्षा यरूशलेमबाट आउँदछ र सियोनबाट फैलिनेछ र उहाँ आफ्ना प्रजासँग बोल्नुहुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 धेरै मानिसहरूले आएर भन्नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन्। Viz kapitolaपवित्र बाइबल3 धेरै मानिसहरू त्यहाँ जानेछन् र तिनीहरूले भन्नेछन्, “आऊ! हामीमाथि परमप्रभुको पर्वत सम्म जाऊँ, माथि याकूबको परमेश्वरको मन्दिरमा। अनि परमेश्वरले हामीलाई जीउने विषयमा शिक्षा दिनु हुनेछ। अनि हामीले उहाँलाई पछ्याउनेछौं।” परमेश्वरका उपदेशहरू-परमप्रभुको अनि सन्देश यरूशलेम अन्तर्गत सियोन पर्वतमा हुनेछ र सम्पूर्ण संसारभरि नै फैलिएर जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धेरै जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू याहवेहको पर्वतमा, याकोबका परमेश्वरको मन्दिरमा जाऔँ। उहाँले हामीलाई उहाँका मार्गहरू सिकाउनुहुनेछ, ताकि हामी उहाँका मार्गहरूमा हिँड्न सकौँ।” व्यवस्था सियोनबाट र याहवेहको वचन यरूशलेमबाट निस्कनेछन्। Viz kapitola |