हिब्रू 4:3 - सरल नेपाली पवित्र बाइबल3 अब हामी विश्वास गर्नेहरूचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको त्यस विश्रामको ठाउँमा पस्नेछौं। जसो उहाँले भन्नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्रामको ठाउँमा पस्न पाउनेछैनन्’!” सृष्टि गरिसक्नुभएदेखि नै परमेश्वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि हामी विश्वास गर्नेहरूचाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्नुभएको छ, “यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। Viz kapitolaपवित्र बाइबल3 हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो: “म रिसाएँ र प्रतिज्ञा लिएँ की, ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’” परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर हामी जतिले विश्वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्वरले भन्नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। Viz kapitola |