Online Bible

- Reklamy -




गलाती 2:2 - सरल नेपाली पवित्र बाइबल

2 परमेश्‍वरले जानू भन्‍नुभएकोले म त्‍यहाँ गएँ। मैले गरिरहेको काम खेर नजाओस् भनेर अरू जातिलाई प्रचार गरेको सुसमाचार मण्‍डलीका ठूलाहरूलाई मात्र सुनाएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 ईश्‍वरीय प्रकाश पाएअनुसार म गएँ, र तिनीहरूका सामुन्‍ने त्‍यही सुसमाचार राखेँ, जो म अन्‍यजातिहरूलाई प्रचार गर्दछु। तर अगुवाझैँ देखा पर्नेहरूका सामुन्‍ने मैले यो एकान्‍तमा प्रस्‍तुत गरें, ताकि मैले जो दौड दौडें वा दौडिरहेको छु, त्‍यो व्‍यर्थ नहोस्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 परमेश्‍वरको प्रकाश पाएअनुसार म त्यहाँ गएँ। मैले एकान्तमा मण्डलीका प्रतिष्‍ठित अगुवाहरूलाई भेट गरी गैरयहूदीहरूलाई सुनाएको सुसमाचार तिनीहरूका अगि प्रस्तुत गरेँ। मैले जुन दौड दौडेको थिएँ र दौडिरहेको छु, त्यो व्यर्थमा नहोस् भनेर म निश्‍चित हुन चाहन्थेँ।

Viz kapitola kopírovat




गलाती 2:2

Následuj nás:

Reklamy


Reklamy