एस्तर 7:9 - सरल नेपाली पवित्र बाइबल9 तब तीमध्ये एक जना हर्बोना नाम गरेको नपुंसकले भन्यो, “हामानले यतिसम्म गरेको थियो कि राजाका प्राण बचाइदिने मोर्दकैलाई झुन्ड्याउन आफ्नो घरमा एउटा फाँसीको काठ बनाएको छ। त्यो बाईस मिटर अग्लो छ।” राजाले आज्ञा गरे, “त्यसैमा हामानलाई झुन्ड्याओ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्येको एक जना हर्बोनाले भन्यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्ड्याउन भनी हामानले आफ्नै घरमा पच्चीस मिटर अल्गो फाँसीको काठ बनाएको छ।” राजाले भने, “त्यसैमा हामानलाई झुण्ड्या!” Viz kapitolaपवित्र बाइबल9 तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।” राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब राजाका सेवक नपुंसकहरू मध्येका एक जना हर्बोनाले भन्यो, “राजालाई सहायता गर्न बोल्ने मोर्दकैका निम्ति हामानले तयार पारेको पचास क्यूबिट अग्लो फाँसी दिने काठ त्यसको घरकै छेउमा खडा छ।” राजाले भने, “त्यसलाई त्यसैमा झुण्ड्याइदेओ!” Viz kapitola |