एस्तर 7:2 - सरल नेपाली पवित्र बाइबल2 दाखमद्य पिउँदैगर्दा राजाले फेरि रानीलाई सोधे, “रानी एस्तर, अब भन, के चाहन्छ्यौ? मलाई भन र त्यो तिमीले पाउनेछौ। म आधा राज्य नै भए पनि तिमीलाई दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यस दिन पनि दाखमद्य पिउँदै राजाले फेरि भने, “रानी एस्तर, तिम्रो बिन्ती के हो? मलाई भन। मेरो आधा राज्यसम्म मागे तापनि त्यो पूरा गरिदिनेछु।” Viz kapitolaपवित्र बाइबल2 दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिमीलाई प्रदान गरिनेछ। तिमी जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि दोस्रो दिन, तिनीहरूले दाखमद्य पिउँदै राजाले फेरि सोधे, “रानी एस्तर, अब भन, तिम्रो बिन्ती के हो? मलाई भन, त्यो तिमीलाई दिइनेछ। तिम्रो अनुरोध के हो? राज्यको आधा भाग मागे तापनि त्यो दिइनेछ।” Viz kapitola |