एस्तर 4:3 - सरल नेपाली पवित्र बाइबल3 राजाको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूका बीचमा चर्को सोरले विलाप हुन लाग्यो। तिनीहरू उपवास बसे, रोए र विलाप गरे। धेरैजसो यहूदीहरूले भाङ्ग्राका लुगा लाए र खरानीमा सुते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे। Viz kapitolaपवित्र बाइबल3 अनि हरेक प्रान्तमा जब राजाको आदेश पुग्यो, त्यहाँका यहूदीहरू बीचमा अफसोस, रूबावासी र विलाप भयो। तिनीहरू धेरैजनाले शोक वस्त्र लगाए अनि शिरमाथि खरानी छर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 राजाको हुकुम र तिनको उर्दी सुनाइएको प्रत्येक प्रान्तमा यहूदीहरूको बीचमा ठूलो शोक, रुवाइ, उपवास र विलाप भयो। धेरै जना भाङ्ग्रा र खरानी लगाएर बसे। Viz kapitola |