एस्तर 2:9 - सरल नेपाली पवित्र बाइबल9 हेगेले एस्तरलाई मन पराए र तिनले उनीबाट कृपा पाइन्। उनले तुरुन्तै एस्तरलाई सिङ्गार-पटार गर्ने ओखती-मूलो, मालिश र विशेष खाना दिन सुरू गरिदिए। उनले तिनलाई स्त्रीहरू बस्ने भित्री महलमा सबैभन्दा राम्रो ठाउँ दिए र तिनको सेवा गर्न राजमहलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिनलाई देखेर त्यो नपुंसक खुशी भयो, र एस्तरले त्यसबाट विशेष निगाह पाइन्। त्यसले तिनलाई तुरुन्तै खुशीसित सिङ्गारपटारका सामग्रीहरू र विशेष किसिमका खानेकुराको भाग जुटाइदियो। राजाको महलबाट सात जना चुनिएका सहेलीहरूलाई पनि त्यसले खटाइदियो। स्त्रीहरू बस्ने घरमा तिनलाई र तिनका सहेलीहरूलाई विशेष सुविधा पनि दिइयो। Viz kapitolaपवित्र बाइबल9 अनि हेगेले त्यो केटी एस्तरलाई मन परायो अनि उसले उसको कृपा प्राप्त गरी। यसकारण उसले एस्तरलाई तत्कालै श्रृगांर सेवा तथा राजमहलबाट भोजन र सात जना नोकर्नीहरू व्यवस्था गर्यो तब उसको नोकर्नीहरू र उसलाई हेगेले सब भन्दा राम्रो नारी-गृहमा सार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 एस्तरले हेगेलाई खुशी पारिन्, र तिनको निगाह प्राप्त गरिन्। तिनले तत्कालै एस्तरलाई सौन्दर्यका सामग्रीहरू र विशेष भोजनको प्रबन्ध गरिदिए। तिनले एस्तरलाई राजाको महलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। अनि तिनी र तिनका सहेलीहरूलाई स्त्री-गृहको विशेष सुविधा भएको ठाउँमा राखिदिए। Viz kapitola |