एस्तर 2:7 - सरल नेपाली पवित्र बाइबल7 उनका काकाकी छोरी एस्तर तिनीसित थिइन्। एस्तरको हिब्रू नाम हदस्सा थियो। तिनी एउटी राम्रो जिउ-डाल भएकी सुन्दरी स्त्री थिइन्। तिनका आमा-बुबा मरेपछि मोर्दकैले तिनलाई धर्म-पुत्री बनाई आफ्नै छोरीजस्तै गरी हुर्काएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मोर्दकैले आफ्ना काकाकी छोरी हदस्सा, अर्थात् एस्तरलाई धर्मपुत्री बनाएका थिए। एस्तरका माता-पिता थिएनन्। तिनी राम्री र सुन्दरी थिइन्। तिनका माता-पिताको मृत्युपछि मोर्दकैले तिनलाई आफ्नै छोरीजस्तै गरी पालेका थिए। Viz kapitolaपवित्र बाइबल7 मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मोर्दकैकी हदस्सा नाम भएकी एउटी बहिनी थिइन्। तिनका बुबाआमा कोही पनि थिएनन्। यसकारण मोर्दकैले नै तिनलाई हुर्काएका थिए। मोर्दकैले तिनका बुबाआमाको मृत्युपछि तिनलाई आफ्नी छोरीझैँ धर्म-पुत्री बनाएर राखेका थिए। तिनलाई एस्तर नामले पनि चिनिन्थ्यो; तिनी एउटी राम्रो जीउडाल भएकी सुन्दरी थिइन्। Viz kapitola |