एस्तर 2:3 - सरल नेपाली पवित्र बाइबल3 राज्यभरि हरेक प्रान्तमा भारदारहरू खटाएर सुन्दरी तरुनी केटीहरूलाई राजधानी शूशनको स्त्री बस्ने भित्री महलमा ल्याउने आज्ञा गर्नुहोस्। तिनीहरूलाई राजाका स्त्रीहरूका अधिकारी नपुंसक हेगेको जिम्मामा दिनुहोस् र सिङ्गार-पटार गर्ने ओखती-मूलोको प्रबन्ध गरियोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हजूरले आफ्नो राज्यका सबै प्रान्तहरूबाट यी सबै सुन्दरी युवती कन्ये-केटीहरूलाई राजधानी शूशनको महिला-गृहमा ल्याउनलाई उच्च कर्मचारीहरू खटाइबक्सिओस्। तिनीहरूलाई महाराजाका स्त्रीहरूका जिम्मावाल नपुंसक हेगेको जिम्मामा दिइबक्सिओस्। सिङ्गारपटारका वस्तुहरू तिनीहरूलाई दिइऊन्। Viz kapitolaपवित्र बाइबल3 अनि आफ्ना राज्यका सबै प्रान्तहरूमा राजाले अधिकारीहरू नियुक्त गरून्। अनि तिनीहरूले सबै राम्री तरूणीहरू भेला पारून् र शूशन जिल्लाको नारी-कक्ष जुन नपुंसक होगई नारी-गृहको रखवाला हो उसको संरक्षणमा ल्याउन्। उसले तिनीहरूलाई श्रृगांर सेवा दिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 ती सबै सुन्दरी केटीहरूलाई शूशनको राजधानीमा भएको स्त्री-गृहमा ल्याइयोस् भनेर राजाले आफ्नो राज्यका प्रत्येक प्रान्तमा उच्च कर्मचारीहरू नियुक्त गरून्। ती कन्याहरूलाई स्त्री-गृहको जिम्मावाल रहेका राजाका नपुंसक हेगेको अधीनमा राखियोस्; अनि तिनीहरूलाई सुन्दर बनाउने सिङ्गार-पटारका सामग्रीहरू दिइयोस्। Viz kapitola |