एफिसी 3:6 - सरल नेपाली पवित्र बाइबल6 त्यो रहस्यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्तै परमेश्वरको आशिष्हरू पाउन सक्छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्ट येशूमा परमेश्वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्। Viz kapitolaपवित्र बाइबल6 गुप्त सत्यता यही होः परमेश्वरले आफ्ना यहूदी मानिसहरूलाई दिनुभएको त्यही कुराहरू गैर-यहूदीहरूले पनि पाउनेछन्। गैर-यहूदीहरू यहूदीहरूसितै एक जीउमा सम्मिलित हुनेछन् अनि ख्रीष्ट येशूमा दिइएको परमेश्वरको वचनको सहभागी हुनेछन्। सुसमाचारको कारणले गैर-यहूदीहरूले यी सबै पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यो रहस्य के हो भने सुसमाचारमा विश्वास गरेर गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्छन्। Viz kapitola |