उपदेशक 8:8 - सरल नेपाली पवित्र बाइबल8 कसैले आफूलाई मृत्युबाट बचाउन सक्दैन वा काललाई पछि सार्न सक्दैन। लडाइँ भएको बेला बिदा पाउँदैन न त दुष्ट्याइँ गर्नेहरू त्यसका पन्जाबाट उम्कन सक्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 बतासलाई थामिराख्नु कसैको शक्ति छैन, र त्यसै गरी आफ्नो मृत्युको दिनमाथि कसैको अधिकार छैन। जसरी युद्धको समयमा कसैलाई पनि बिदा हुँदैन, त्यसरी नै खराबी गर्नेलाई त्यसले कहिल्यै छोड्नेछैन। Viz kapitolaपवित्र बाइबल8 कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जसरी कुनै मानिससित हावालाई थाम्ने शक्ति छैन; त्यसरी नै मृत्युको दिनमाथि पनि कसैको शक्ति हुँदैन। जसरी युद्धको समयमा कसैले छुट्टी पाउँदैन; त्यसरी नै दुष्टताले दुष्टलाई छोड्दैन। Viz kapitola |