उपदेशक 8:15 - सरल नेपाली पवित्र बाइबल15 यसकारण मलाई पक्का विश्वास भएको छ कि मानिसले सुख-चैन गर्नुपर्छ किनभने जीवनमा खानु, पिउनु र मोजमज्जा गर्नुबाहेक अरू असल कुरा केही छैन। परमेश्वरले मानिसलाई यस संसारमा दिनुभएको जीवनमा परिश्रम गर्दा उसले कम-से-कम त्यति त गर्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसैले सुख-चैन गरे हुन्छ भनी म सल्लाह दिन्छु, किनभने सूर्यमुनि मानिसलाई खानु, पिउनु, र रमाइलो गर्नुभन्दा अरू असल केही रहेनछ। तब सूर्यमुनि परमेश्वरले दिनुभएको जीवनको अवधिभर त्यसको आफ्नो काममा आनन्दले साथ दिनेछ। Viz kapitolaपवित्र बाइबल15 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसैले म जीवनमा आनन्द गर्ने सल्लाह दिँदछु, किनकि मानिसलाई सूर्यमुनि खानु, पिउनु र रमाइलो गर्नुभन्दा अरू उत्तम कुरा केही छैन। सूर्यमुनि परमेश्वरले जति दिनहरू मानिसलाई दिनुभएको छ, उसको त्यही परिश्रमलाई नै आनन्दले साथ दिनेछ। Viz kapitola |