उपदेशक 8:10 - सरल नेपाली पवित्र बाइबल10 अनि मैले दुष्ट मानिसहरू गाडिएका देखेको छु। तिनीहरू पवित्रस्थानमा आउने-जाने गर्दथे र जुन सहरमा तिनीहरूले दुष्ट काम गर्दथे, त्यही सहरमा तिनीहरूको प्रशंसा गरिन्थ्यो। यो पनि व्यर्थै रहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब मैले दुष्ट गाड़िएका पनि देखें— तिनीहरू पवित्रस्थानमा आउने-जाने गर्थे र यसको निम्ति सहरमा सम्मान लिने गर्थे। यो पनि व्यर्थ हो। Viz kapitolaपवित्र बाइबल10 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मैले दुष्ट मानिसहरू आदरपूर्वक गाडिएका पनि देखेँ—जो पवित्रस्थानबाट आउने-जाने गर्दथे, र तिनले खराबी गरेकै सहरमा प्रशंसा पाउँदथे; यो पनि अर्थहीन हो। Viz kapitola |