उपदेशक 3:11 - सरल नेपाली पवित्र बाइबल11 प्रत्येक कुरा उहाँले त्यसको ठीक समयमा सुन्दर बनाउनुभयो। उहाँले हामीलाई अनन्तबारे जान्ने इच्छा दिनुभएको छ तर उहाँले गर्नुभएको काम पूरा गरी बुझ्न सकिंदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्। Viz kapitolaपवित्र बाइबल11 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सबै कुराहरू उहाँले ठिक समयमा सुन्दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्तता राखिदिनुभएको छ; तापनि सुरुदेखि अन्त्यसम्म परमेश्वरले जे जति काम गर्नुभयो, सो तिनीहरूले बुझ्न सक्दैनन्। Viz kapitola |