व्यवस्था 8:2 - सरल नेपाली पवित्र बाइबल2 बितेका चालीस वर्षभरि कसरी परमप्रभु तिम्रा परमेश्वरले यो लामो यात्रामा तिमीहरूलाई अगुवाइ गर्नुभयो, त्यो याद गर। तिमीहरूलाई जाँच्नलाई उहाँले कठिन समयहरू पनि पठाउनुभयो अनि तिमीहरूले के गर्न इच्छा गर्दछौ र उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर जान्न मन गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। Viz kapitolaपवित्र बाइबल2 अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरुभूमिमा चालीस बर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्छौ कि गर्दैनौ भनेर तिमीहरूका हृदय जान्न, तिमीहरूलाई नम्र बनाउन अनि जाँच्नलाई कसरी याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उजाडस्थानभरि यी चालीस वर्षसम्म डोर्याउनुभयो, सो स्मरण गर। Viz kapitola |