व्यवस्था 2:9 - सरल नेपाली पवित्र बाइबल9 परमप्रभुले मलाई भन्नुभयो, ‘लोतका सन्तान मोआबका मानिसहरूलाई नचलाउनू, तिनीहरूसित लडाइँ सुरु नगर्नू। आर सहर मैले तिनीहरूलाई दिएको छु र तिनीहरूको कुनै पनि जग्गा-जमिन म तिमीहरूलाई दिनेछैनँ’।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।” Viz kapitolaपवित्र बाइबल9 “परमप्रभुले मलाई भन्नु भयो, ‘मोआबका मानिसहरूलाई कष्ट नदेऊ तिनीहरूसित लडाइँ नगर, म तिमीहरूलाई तिनीहरूको एक टुक्रा भूमि पनि दिनेछैन मैले आर शहर लूतका सन्तानहरूलाई दिइसकेको छु।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब याहवेहले मलाई भन्नुभयो, “मोआबलाई दुःख-कष्ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।” Viz kapitola |