दानिएल 9:18 - सरल नेपाली पवित्र बाइबल18 हे परमेश्वर, हामीतिर आफ्ना कान थाप्नुहोस् र हामीलाई हेर्नुहोस् र हामीमाथि परेका कष्ट र तपाईंको नाममा बनेको सहरको दु:ख-कष्ट बुझिदिनुहोस्। हामीले असल काम गरेको कारणले होइन; तर तपाईं कृपालु हुनुहुन्छ र हामी तपाईंलाई प्रार्थना गर्दछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हे परमेश्वर, आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस् र तपाईंको नाउँ बोकेको सहरको उजाड़ अवस्था हेर्नुहोस्। हामी धर्मी छौं भनेर यो बिन्ती गरेका छैनौं, तर तपाईंको महान् कृपाको कारणले। Viz kapitolaपवित्र बाइबल18 मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हे हाम्रा परमेश्वर, कान थाप्नुहोस् र सुन्नुहोस्; तपाईंको आँखा खोल्नुहोस्, र तपाईंको नाम बोकेको सहरको उजाड अवस्था हेर्नुहोस्। हामी धर्मी भएका कारणले तपाईंलाई बिन्ती गरेका होइनौँ, तर तपाईंको महान् कृपाको कारणले गर्दा बिन्ती गर्छौँ। Viz kapitola |