दानिएल 9:15 - सरल नेपाली पवित्र बाइबल15 “हे परमप्रभु हाम्रा परमेश्वर, आफ्ना प्रजालाई मिश्रबाट निकालिल्याउनुभएर तपाईंले आफ्नो शक्ति देखाउनुभयो र तपाईंको शक्तिको आजसम्म याद गरिन्छ। हामीले पाप गरेका छौं। हामीले खराबी गरेका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “अब हे परमप्रभु हाम्रा परमेश्वर, जसले आफ्ना जनहरूलाई शक्तिशाली हातले मिश्रदेशबाट ल्याउनुभयो र आजको दिनसम्म आफ्नो नाम स्थिर राख्नुभएको छ, हामीले पाप गरेका छौं, हामीले गल्ती गरेका छौं। Viz kapitolaपवित्र बाइबल15 “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “अब, हे प्रभु, हाम्रा परमेश्वर, जसले आफ्ना मानिसहरूलाई सामर्थी हातद्वारा इजिप्टबाट बाहिर ल्याउनुभयो; अनि जसले आफ्नै निम्ति मानिसहरूका बीचमा एउटा असल नाम राख्नुभयो, जुन नाम आजको दिनसम्म नै याद गरिन्छ। हामीले पाप गरेका छौँ; हामीले भूल गरेका छौँ। Viz kapitola |