दानिएल 8:4 - सरल नेपाली पवित्र बाइबल4 त्यस भेडाले पश्चिम, उत्तर र दक्षिण गर्दै सिङले हानेको हेरिबसें। कुनै जन्तुले त्यसलाई रोक्न सक्दैनथ्यो न त त्यसको शक्तिबाट बाँच्न नै सक्थ्यो। त्यसले जे चाह्यो, त्यही गर्थ्यो र त्यो अझ हठी हुँदैगयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यो भेड़ाले पश्चिम र उत्तर र दक्षिणतिर हानिरहेको मैले हेरें। त्यसको विरुद्धमा कोही पनि खड़ा हुन सकेन र कसैले पनि त्यसको शक्तिबाट छुटाउन सकेन। त्यसले जे इच्छा लाग्यो, त्यही गर्यो र महान् बन्यो। Viz kapitolaपवित्र बाइबल4 मैले भेंडो़लाई पश्चिम, उत्तर अनि दक्षिणका कुनाहरूमा यसले सींङ्गौरी खेल्दै दगुरी रहेको देखें। अनि त्यसको शक्तिबाट कसैलाई छुट्टाउन सक्तैन थियो। यसको आफ्नो शक्तिलाई इच्छा अनुसार प्रयोग गर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले त्यस साँढभेडालाई पश्चिमतिर, उत्तरतिर र दक्षिणतिर सिङले हानिरहेको देखेँ। त्यसको विरुद्धमा कुनै पनि जनावर खडा रहन सकेन; अनि कसैले पनि त्यसको शक्तिबाट बचाउन सकेन। त्यसले आफूलाई इच्छा लागेअनुसार गर्यो, र त्यो महान् भयो। Viz kapitola |