दानिएल 8:13 - सरल नेपाली पवित्र बाइबल13 तब मैले एउटा स्वर्गदूतले अर्को स्वर्गदूतलाई यसरी प्रश्न गरेको सुनें, “यी दर्शनमा देखिएका कुराहरू कहिलेसम्म भइरहलान्? दिन-दिनका बलिका सट्टामा कहिलेसम्म डरलाग्दो पाप भइरहला? कहिलेसम्म स्वर्गका सेना र मन्दिर कुल्चीमिल्ची परिइरहलान्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यसपछि मैले एउटा पवित्र जनले बोलेको सुनें, र अर्का पवित्र जनले उनलाई भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला— अर्थात्, दैनिक बलिदान, उजाड़ पार्ने विद्रोह, र पवित्रस्थान र सेनालाई खुट्टाले कुल्चिनेसम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?” Viz kapitolaपवित्र बाइबल13 फेरि मैले कुनै पवित्र मानिसहरू मध्ये एकजनाले बोल्दै गरेको सुनें। तब अर्कोले पहिलो पवित्र मानिसलाई उत्तर दिँदै थियो। पहिलो पवित्र मानिसले भन्यो, “कहिले सम्म यी कुराहरू भई रहनेछन्? दैनिक बलियो यो दर्शन, विनाशी पाप जसले नष्ट पार्छ पुण्यस्थलको नियन्त्रण अनि जनसमूदायलाई सुम्पिन्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि मैले एक जना पवित्र जन बोलिरहेका सुनेँ; अनि अर्को एक जना पवित्र जनले उनलाई यसो भने, “यो दर्शन पूरा हुन कति समय लाग्ला—दैनिक बलिदान, उजाड पार्ने विद्रोह, पवित्रस्थान र याहवेहका मानिसहरूलाई खुट्टाले कुल्चीमिल्ची पार्ने सम्बन्धी दर्शन पूरा हुन कति समय लाग्ला?” Viz kapitola |