दानिएल 6:4 - सरल नेपाली पवित्र बाइबल4 त्यसो हुँदा अरू दुई मन्त्री र बडा-हाकिमहरूले दानिएलको शासन व्यवस्थामा त्रुटि भेट्टाउने कोसिस गरे तर सकेनन्, कारण दानिएल विश्वासयोग्य मानिस थिए र उनले कुनै पनि काममा लापरवाही वा बेइमान गरेका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब अध्यक्षहरू र प्रान्तका बड़ाहाकिमहरूले दानिएलको विरुद्ध अभियोग लगाउनका निम्ति सरकारी कामकारबाहीहरूमा तिनको दोष खोज्न लागे, तर त्यसो गर्न उनीहरू असमर्थ भए। उनीहरूले तिनमा कुनै पनि भ्रष्टाचार भेट्टाउन सकेनन्, किनभने तिनी विश्वासयोग्य थिए, र तिनी न त भ्रष्ट न लापरवाही नै थिए। Viz kapitolaपवित्र बाइबल4 तर जब अरू पर्यवेक्षकहरू अनि प्रान्त अधिपतिहरूले यो खबर पाए पछि दानियलसँग ईर्ष्यँ गर्न र उनीहरूले दानियलसँग निहुँ खोज्न थाले, जब दानियल सरकारी कामले कतै जान्थे त्यति बेला उनले गरेको काममा अरूहरूले नजर राख्थे तर पनि उनीहरूले दानियलमा कुनै दोष भेट्टाएनन्। दानियल एकदमै ईमान्दार अनि विश्वासी थिए। उनले राजासँग कुनै प्रकारको छल कपट गरेनन्। उनी एकदमै परिश्रमी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्टता थियो, न त लापर्बाही थियो। Viz kapitola |