दानिएल 5:3 - सरल नेपाली पवित्र बाइबल3-4 सुनका कचौराहरू र बटुकाहरू ल्याइए र तीबाट सबैले दाखमद्य पिउँदै सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण उनीहरूले सुनका भाँड़ाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए, र राजा र उनका भारदारहरू, उनका श्रीमतीहरू र रखौटीहरूले तीबाट पिए। Viz kapitolaपवित्र बाइबल3 जब तिनीहरूले त्यो सुनको प्याला ल्याए जुन यरूशलेमको परमेश्वरको मन्दिरबाट ल्याइएको थियो। राजा अनि उसका अधिकारीहरू, पत्नीहरू तथा दासीहरूले त्यो प्यालामा दाखरस हालेर पिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण उनीहरूले सुनका भाँडाहरू ल्याए, जुनचाहिँ यरूशलेममा भएको परमेश्वरको मन्दिरबाट ल्याइएका थिए; अनि राजाले, तिनका प्रमुख भारदारहरूले, तिनका पत्नीहरू र उपपत्नीहरूले ती भाँडाहरूबाट पिए। Viz kapitola |