दानिएल 4:8 - सरल नेपाली पवित्र बाइबल8 तब दानिएल मकहाँ आए। (जसको नाम मेरो आफ्नो देवताको नामअनुसार बेलतसजर पनि थियो।) पवित्र परमेश्वरको आत्मा उनीसित थिए। मैले उनलाई आफ्नो सपना बताएँ र भनें, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अन्तमा दानिएल मकहाँ आए र मैले तिनलाई सपना बताइदिएँ। (तिनको नाउँ मेरो देवताको नाउँजस्तै बेलतसजर हो, र पवित्र देवताहरूको आत्मा तिनमा छ।) Viz kapitolaपवित्र बाइबल8 तब अन्तमा दानियल मेरो अघि आए। (मैले दानियललाई मेरा देवताको सम्मानमा बेलतसजर नाउँ राखें। उसित देवताहरूको आत्मा थियो।) यसकारण मैले आफ्नो सपना उसलाई बताएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसपछि अन्तमा, दानिएल मेरो सामु आए, जसलाई मैले मेरो सपना बताएँ। (जसको नाम मेरो देवताको नामअनुसार बेलतसजर हो, र जसभित्र पवित्र देवताहरूको आत्मा छ।) Viz kapitola |