दानिएल 3:28 - सरल नेपाली पवित्र बाइबल28 राजाले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरको प्रशंसा गर! आफूमाथि विश्वास राख्ने र आफ्नो सेवा गर्ने यी तीन भाइलाई बचाउन उहाँले आफ्नो स्वर्गदूतलाई पठाउनुभयो। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र आफ्ना ज्यान खतरामा पारे; तर आफ्ना परमेश्वरबाहेक अरू कुनै देवतालाई घोप्टेर पुजेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यसपछि नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना दूतलाई पठाउनुभएर आफ्ना सेवकहरूलाई छुटकारा दिनुभयो। तिनीहरूले उहाँमाथि विश्वास गरे, र राजाको हुकुमलाई अस्वीकार गरी आफ्ना परमेश्वरलाई छोड़ेर कुनै देवतालाई सेवा गर्नु वा दण्डवत् गर्नुभन्दा बरु आफ्ना जीवन दिन तयार भए। Viz kapitolaपवित्र बाइबल28 त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन् जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब नबूकदनेसरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वरलाई प्रशंसा होस्, जसले आफ्ना स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई छुटाउनुभयो! तिनीहरूले उहाँमाथि भरोसा राखे, र तिनीहरूका परमेश्वरबाहेक अरू देवताको सेवा गर्नु र त्यसलाई दण्डवत् गर्नुभन्दा राजाको आदेशलाई अस्वीकार गरेर आफ्नो प्राण दिन राजी भए। Viz kapitola |