दानिएल 2:5 - सरल नेपाली पवित्र बाइबल5 राजाले तिनीहरूलाई भने, “मैले पक्का निर्णय गरिसकेको छु कि तिमीहरूले नै मलाई सपना र त्यसको अर्थ दुवै बताउनुपर्नेछ। तिमीहरूले बताउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूका घरबारहरू भत्काएर रास लाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाले ती ज्योतिषीहरूलाई जवाफ दिए, “मैले यही निर्णय गरेको छु: यदि तिमीहरूले मैले देखेको सपना र त्यसको अर्थ बताएनौ भने, तिमीहरू टुक्रा-टुक्रा पारिनेछौ र तिमीहरूका घरहरू उजाड़ पारिनेछन्। Viz kapitolaपवित्र बाइबल5 यसपछि राजाले कल्दीहरूलाई भने, “होइन! त्यो सपना के थियो, यो पनि तिमीले बताउनु पर्छ अनि त्यो सपनाको अर्थ के हो, यो पनि तिमीले बताउँनु पर्छ। यदि तिमीले यस्तो गर्न सकेनौ भने म तिमीलाई टुक्रा-टुक्रा पार्नेछु अनि तिम्रो घर भत्काएर जनताको शौचालय बनाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाले ज्योतिषीहरूलाई भने, “मैले यो दृढतापूर्वक निश्चय गरेको छु: यदि तिमीहरूले मेरो सपना के थियो सो भन्न सकेनौ र मलाई त्यसको अर्थ बुझाउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु, र तिमीहरूका घरहरू ढुङ्गाको थुप्रोमा परिणत गरिनेछन्। Viz kapitola |