प्रेरित 5:9 - सरल नेपाली पवित्र बाइबल9 पत्रुसले भने, “तिमीहरू दुवैले प्रभुको आत्माको जाँच किन लिन खोज्यौ? हेर, तिम्रा लोग्नेलाई गाड्न जाने मानिसहरू भर्खरै ढोका बाहिर आइपुगेका छन्। तिनीहरूले तिमीलाई पनि त्यसै गरी गाड्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।” Viz kapitolaपवित्र बाइबल9 पत्रुसले भन्यो, “किन तिमी र तिम्रो लोग्ने प्रभुको आत्मा जाँच्न सहमत भयौ? सुन! तिमीले ती पदचापहरू सुन्यौ? यी ती मानिसहरूका हुन जो भर्खरै तिम्रो लोग्नेलाई दफन गरेर दैलोमा आइपुगेका छन्! तिनीहरूले तिमीलाई पनि त्यसै गरी बोकेर बाहिर लानेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 पत्रुसले तिनलाई भने, “प्रभुको आत्माको परीक्षा गर्न तिमीहरू दुवै कसरी सहमत भयौ? हेर! तिम्रो पतिलाई चिहानमा गाड्नेहरू बाहिर ढोकामै छन्। अब तिनीहरूले तिमीलाई पनि लिएर जानेछन्।” Viz kapitola |