प्रेरित 2:22 - सरल नेपाली पवित्र बाइबल22 “इस्राएली दाजुभाइहरू हो, मेरा कुरा सुन्नुहोस्। परमेश्वरले येशूद्वारा तपाईंहरूको बीचमा शक्तिशाली कामहरू गर्दै अचम्म-अचम्मका चिन्हहरू देखाउनुभएको त तपाईंहरूलाई थाहै छ। ती चिन्हहरूबाट परमेश्वरले नासरतका येशूलाई आफूले नै पठाएको हुँ भन्ने प्रमाण दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 “इस्राएलका मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका येशू यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूका बीचमा यी कामहरू उहाँद्वारा गर्नुभएको हो। Viz kapitolaपवित्र बाइबल22 “मेरो यहूदी दाज्यू-भाइहरू, यी शब्दहरूमा ध्यान देऊः नासरतको बासिन्दा येशू विशिष्ट मानिस हुनुहुन्थ्यो। परमेश्वरले यो स्पष्ट रुपमा तिमीहरूलाई देखाउनु भयो। परमेश्वरले येशूको माध्यमद्वारा शक्तिशाली अनि आर्श्चजनक कुराहरू गरेर यसलाई प्रमाण गर्नुभयो। तिमीहरू सबै जनाले यी कुराहरू देखेका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्नुभएकै कुरा हो। यी कामहरू परमेश्वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। Viz kapitola |