२ शमूएल 8:10 - सरल नेपाली पवित्र बाइबल10 यसर्थ तिनले आफ्नो छोरो योरामलाई दाऊद राजालाई भेट्न र विजयको निम्ति उनलाई बधाई दिन पठाए। तोऊले हददेजेरको विरुद्धमा धेरैचोटि लडाइँ गरेका थिए। योरामले दाऊदको निम्ति सुन, चाँदी र काँसाका कोसेलीहरू लगेर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए। Viz kapitolaपवित्र बाइबल10 यसकारण तोईले आफ्ना छोरा योरामलाई दाऊदकहाँ पठाए। दाऊदले हददेजेरलाई परास्त गरेकोले योरामले दाऊदलाई अभिनन्दन गर्दै आशीर्वाद दिए, हददेजेरले तोईसँग पहिले धेरै चोटि युद्ध लडेका थिए। योरामले सुन, चाँदी र काँसका सामानहरू ल्याएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब तिनले राजा दावीदलाई अभिवादन गर्न र हददेजेरसँगको युद्धमा विजयी भएकोमा बधाई दिन आफ्नो छोरा योरामलाई पठाए। किनकि हददेजर तोऊसँग युद्ध गरिरहेका थिए। योरामले आफूसँग सुन, चाँदी र काँसाका सामानहरू ल्याएका थिए। Viz kapitola |