२ शमूएल 7:19 - सरल नेपाली पवित्र बाइबल19 तरै पनि तपाईंले अझ बढी आशिष् मलाई दिँदै हुनुहुन्छ। हे सार्वभौम परमप्रभु, तपाईंले मेरो सन्तानको भविष्यको लागि पनि प्रतिज्ञा गर्नुभएको छ र तपाईंले मजस्तोलाई पनि देख्ने सौभाग्य दिनुभयो, हे सार्वभौम परमप्रभु! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यो सबैचाहिँ तपाईंको दृष्टिमा एउटा सानो विषयजस्तो ठानेर तपाईंले त आफ्नो दासलाई त्यसको घरानाको भविष्य नै बताइदिनुभयो। हे परमप्रभु परमेश्वर, के यो सब तपाईंले सधैँ नै गर्ने व्यवहार हो र? Viz kapitolaपवित्र बाइबल19 म एउटा सेवक भन्दा केहि होइन। तपाईं म प्रति यति दयालु बन्नु भयो। तर तपाईंले यस्तै कृपा मेरा सन्तानहरूलाई पनि गर्नेछु भन्नुभयो। हे सर्वोच्च परमप्रभु, के यो तपाईंको मानिसहरूसित बार्तालाप गर्ने सामान्य तरिका हो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि यो पनि तपाईंको दृष्टिमा कम भएझैँ, हे सर्वशक्तिमान् याहवेह, तपाईंले आफ्नो सेवकको परिवारको भविष्यको बारेमा पनि बताइदिनुभयो—हे सर्वशक्तिमान् याहवेह, के तपाईं साधारण मानिससित सधैँ यस्तो व्यवहार गर्नुहुन्छ र? Viz kapitola |