२ शमूएल 4:4 - सरल नेपाली पवित्र बाइबल4 शाऊलका छोरा जोनाथनका मपीबोशेत नाम गरेका एक जना छोरा थिए, शाऊल र जोनाथन मारिंदा तिनको उमेर पाँच वर्षको थियो। तिनीहरू लडाइँमा मारिएको खबर यिजरेल सहरबाट प्राप्त हुँदा मपीबोशेतकी धाईले तिनलाई बोकेर भागेकी थिइन्। तर त्यो ज्यादा हतार गरेर निस्कँदा तिनलाई हातबाट खसाली र उनी लङ्गडो भएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्युको समाचार आउँदा त्यो पाँच वर्षको थियो। त्यसकी धाईले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्यो लड्यो, र लङ्गड़ो भयो। त्यसको नाउँ मपीबोशेत थियो।) Viz kapitolaपवित्र बाइबल4 शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच बर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढा भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुईँमा लड्यो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 (शाऊलका छोरा जोनाथनका दुवै खुट्टा लङ्गडा भएको एउटा छोरा थियो। यिजरेलबाट शाऊल र जोनाथनको मृत्युको खबर आउँदा तिनी पाँच वर्षका थिए। तिनकी धाईआमाले तिनलाई लिएर भागिन्। तर तिनी हतार-हतार भाग्न लाग्दा लडिन्, र जोनाथनको छोरा अपाङ्ग भएका थिए। तिनको नाम मपीबोशेत थियो।) Viz kapitola |