२ शमूएल 3:29 - सरल नेपाली पवित्र बाइबल29 त्यसको दण्ड योआब र त्यसका परिवारमाथि परोस्! तिनको सन्तानको हरेक पुस्तामा कुष्ठरोग वा घाउ-खटिराले ग्रस्त वा स्त्रीको काम मात्र गर्न लायक, दुर्बल वा लडाइँमा मारिने वा खानाको अभाव भएको केही न केही व्यक्ति भइरहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 योआब र तिनका पिताका सबै घरानाको शिरमा त्यो दोष परोस्। अनि योआबको घरानामा घाउ-खटिरा हुने वा छालामा सरुवा रोग लाग्ने व्यथाले नछोड़ोस्, लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्।” Viz kapitolaपवित्र बाइबल29 योआब र उसका परिवारका सदस्यहरू यसको दोषी छन्। उसका सम्पूर्ण परिवारलाई यसको दोष दिन सकिन्छ। मलाई आशा छ अब योआबका परिवारले साह्रै कठिनाइका दिन देख्नु पर्नेछ। मलाई पूरा विश्वास छ त्यसका परिवारका सम्पूर्ण सदस्यमा कोरको बिमार सल्कने छ। बैशाखी लगाएर हिंडने छन्, युद्धमा मारिने छन् अनि भोक भोकै रहनु पर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 योआबको दोष तिनकै र तिनका पिताका सम्पूर्ण घरानाको शिरमा परोस्! योआबको घरानामा घाउखटिरा हुने वा कुष्ठरोगले कहिल्यै नछोडोस्, अथवा लहुरोको सहारामा हिँड्ने अथवा तरवारले मारिने वा रोटीको लागि भीख मागी हिँड्ने सन्तानको अभाव नहोस्!” Viz kapitola |