२ शमूएल 23:8 - सरल नेपाली पवित्र बाइबल8 दाऊदका नामी योद्धाहरूका नाम यी हुन्– पहिलो तहकमोनीबाट योशब-बश्शेबेत, ‘तीन प्रख्यात’ मध्येका मुख्य। तिनले आफ्नो भाला लिएर आठ सय मानिसहरूसित युद्ध गरे र एउटै युद्धमा सबैलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 दाऊदका वीर-वीर मानिसहरूका नाउँ यी नै हुन्। पहिलो तहकमोनीबाटका योशब-बश्शेबेत थिए— तीन जना वीरमध्येका मुख्य। तिनले आठ सय जनामाथि भाला चलाएर एकै पटकमा उनीहरू सबैलाई मारे। Viz kapitolaपवित्र बाइबल8 तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन: दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 दावीदका वीर मानिसहरूका नाम यिनै हुन्: तहकमोनी योशब-बश्शेबेत, जो तीन जनामध्येका प्रमुख थिए। तिनले एकै पटकको लडाइँमा भालाले आक्रमण गरेर आठ सय जना मानिसहरूलाई मारेका थिए। Viz kapitola |