२ शमूएल 23:5 - सरल नेपाली पवित्र बाइबल5 त्यसरी परमेश्वरले मेरा सन्तानलाई आशीर्वाद दिनुहुनेछ किनभने उहाँले मसँग एउटा अनन्तको करार बाँध्नुभएको छ, एउटा कहिल्यै नतोडिने सम्झौता तयार पार्नुभएको छ र कहिल्यै नबदलिने प्रतिज्ञा दिनुभएको छ। त्यत्ति नै म चाहन्छु, त्यसैमा मेरो विजय छ र निश्चय नै परमेश्वरले त्यो पूरा गर्नुहुने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “के मेरो घराना परमेश्वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्यवस्थित भएको एउटा अनन्त करार बाँध्नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्येक इच्छा पूरा गर्नुहुनेछैन र? Viz kapitolaपवित्र बाइबल5 “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यदि मेरो घरानाको परमेश्वरसँग सम्बन्ध ठिक नभएको भए निश्चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन। Viz kapitola |