२ शमूएल 22:7 - सरल नेपाली पवित्र बाइबल7 मेरो विपत्तिमा मैले परमप्रभुलाई पुकारें; मैले सहायताको लागि मेरा परमेश्वरलाई पुकारें। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो; मद्दतको लागि उहाँले मेरो पुकारा सुन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 मेरो आपत्मा मैले परमप्रभुलाई पुकारा गरें, मैले मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, र मेरो पुकारा उहाँका कानमा पुग्यो। Viz kapitolaपवित्र बाइबल7 हो, मैले परमप्रभुलाई पुकारें जब म खतरामा थिएँ, मैले परमेश्वरलाई पुकारें। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थ्यो। उहाँले मेरो आवाज सुन्नु भयो। मेरो सहायताको चिच्याई उहाँले सुन्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 मेरो सङ्कष्टमा मैले याहवेहलाई पुकारेँ; मैले मेरा परमेश्वरलाई पुकारेँ। उहाँले आफ्नो भवनबाट मेरो सोर सुन्नुभयो; मेरो चीत्कारहरू उहाँका कानमा पुग्यो। Viz kapitola |