२ शमूएल 2:26 - सरल नेपाली पवित्र बाइबल26 अबनेरले उच्च स्वरले योआबलाई भने, “के हामीले सधैँभरि लडाइँ गरिरहनुपर्ने हो? के तिमी यो देख्न सक्दैनौ कि अन्तमा त्यसको परिणाम तीतो मात्र हुनेछ। हामी तिम्रा स्वदेशी बन्धु हौं। तिम्रा मानिसहरूले हामीलाई खेद्नबाट रोक्न कति ढिलो गर्दछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अबनेरले कराएर योआबलाई भने, “के मारकाट गरिरहने? त्यसको परिणाम आखिरमा तीतो हुन्छ भनी तिमी देख्न सक्दैनौ? आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड़िदिनू भनी के तिमी आफ्ना मानिसहरूलाई फर्काउँदैनौ?” Viz kapitolaपवित्र बाइबल26 अबनेरले योआबलाई चिच्याएर भनें, “के हामी सधैँ एका-अर्कासँग भिडिरहने? यसबाट दुःख बाहेक केही हात लाग्दैन। मानिसहरूलाई आफ्नै दाज्यू-भाइहरूलाई नखेद्नु भनेर भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अबनेरले योआबलाई कराएर भने, “के हामी सधैँको लागि लडाइँ गरिरहने? के लडाइँको अन्त्य तितोपनामा मात्र हुनेछ भनी तिमीलाई थाहा छैन? तिमीले आफ्ना मानिसहरू, तिनीहरूका इस्राएली दाजुभाइहरूलाई खेद्न छोडिदिनू भनेर कहिले भन्ने?” Viz kapitola |