२ शमूएल 19:9 - सरल नेपाली पवित्र बाइबल9 सारा देशभरि नै तिनीहरू आपसमा झगडा गर्न थाले। तिनीहरू आपसमा कुरा गर्दै यसो भन्दै थिए, “दाऊद राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो। उनले हामीलाई पलिश्तीहरूका हातबाट बचाउनुभयो; तर त्यस बेला उनले देश छोडेर अब्शालोमबाट बाँच्नलाई भाग्नुपर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ। Viz kapitolaपवित्र बाइबल9 इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्क-बितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ। Viz kapitola |