२ शमूएल 18:9 - सरल नेपाली पवित्र बाइबल9 अचानक अब्शालोमको भेट दाऊदका केही मानिसहरूसित भयो। अब्शालोम एउटा खच्चरमा चढेका थिए। खच्चर एउटा फलाँटको रूखमुनिबाट भएर जाँदा अब्शालोमको टाउको एउटा हाँगामा अल्झियो। खच्चरचाहिँ दगुरेर गइहाल्यो; तर अब्शालोम रूखको हाँगामा झुण्डिए र हावामा झुलिरहे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अब दाऊदका कतिपय मानिसहरूले अब्शालोमलाई देखे। तिनी एउटा खच्चरमा चढ़िरहेका थिए, तर जब त्यो खच्चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झ्यो, तिनी झुण्डिए, अनि खच्चरचाहिँ त्यस हाँगामुनिबाट छिरिगयो। Viz kapitolaपवित्र बाइबल9 अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजराँठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्चरमा सवार थिए। जब तिनको खच्चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्चरचाहिँ अगि बढिरह्यो। Viz kapitola |