२ शमूएल 14:2 - सरल नेपाली पवित्र बाइबल2 उनले तकोमा बास गर्ने एउटी चतुर आइमाईलाई बोलाउन पठाए। त्यो आइपुगेपछि त्यसलाई उनले भने, “तैँले शोक गरेको बहाना गर्नू। विलापका कपडा लगा र केश कोरी-बाटी नगर्। धेरै दिन शोक गर्ने आइमाईजस्ती हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब तिनले तकोमा मानिसहरू पठाएर एउटी बुद्धिमती स्त्रीलाई बोलाइपठाए। तिनले त्यसलाई भने, “शोक गर्ने स्त्रीझैँ बहाना गर, शोकको लुगा लाऊ, केशमा तेल नलगाऊ, र धेरै दिनदेखि शोकमा बसेकी स्त्रीझैँ बन। Viz kapitolaपवित्र बाइबल2 यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण योआबले एक जनालाई तकोमा पठाए। अनि त्यहाँबाट एउटी बुद्धिमती स्त्रीलाई ल्याए। योआबले तिनलाई भने, “आफूलाई शोकमा डुबेकी बहाना गर्नू, र शोकको वस्त्र लगाउनू। कुनै सुगन्धित तेल नलगाउनू। मरेका मानिसका निम्ति धेरै दिनसम्म शोक गरिरहेझैँ बहाना गर्नू। Viz kapitola |