२ राजा 2:9 - सरल नेपाली पवित्र बाइबल9 त्यहाँ पुगेर एलियाले एलीशालाई भने, “म उठाई लगिनुअघि तिम्रो निम्ति के गरूँ, तिमी के चाहन्छौ? मलाई भन।” एलीशाले जवाफ दिए, “तपाईंको आत्माको दोब्बर भाग ममाथि परोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्ति के गरूँ?” “तपाईंको आत्माको दोबर भाग पाउने हक मलाई दिनुहोस्,” एलीशाले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल9 जब तिनीहरूले नदी तरे एलियाले एलीशालाई भने, “परमेश्वरले मलाई तिमीबाट लिएर जानु अघि तिम्रो लागि म के गर्न सक्छु?” एलीशाले भने, “म तपाईको उत्तराधिकारी हुन चाहन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू पारि पुगेपछि एलियाले एलीशालाई भने, “मलाई भन, तिमीबाट लगिनुभन्दा अगि म तिम्रा निम्ति के गरिदिऊँ?” एलीशाले जवाफ दिए, “म तपाईंको आत्माको दोबर भाग प्राप्त गर्न सकूँ।” Viz kapitola |