२ कोरिन्थी 9:5 - सरल नेपाली पवित्र बाइबल5 यसैकारण म आउनुअघि नै यी भाइहरूलाई तिमीहरूकहाँ पठाउन राम्रो सम्झें। त्यसो हुँदा तिमीहरूले दिन्छु भनेको दान उठाएर ठीक पारिराख्नेछौ अनि यो करको दान नभई खुसीको दान हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण तिमीहरूले प्रतिज्ञा गरेका भेटीको प्रबन्ध अघिबाटै मिलाउनका निम्ति मभन्दा अघि भाइहरूलाई तिमीहरूकहाँ पठाउन मैले आवश्यक ठानें। यसैले यो भेटी करकापले होइन, तर राजीखुशीले दिइएको भेटीको रूपमा तयार होस्। Viz kapitolaपवित्र बाइबल5 त्यसैले मैले निर्णय गरें कि हामी आउन अघि यी भाइहरूलाई तिमीहरूकहाँ पठाउनुपर्छ। तिमीहरूले वचन दिए अनुसारको यो उपहार उनीहरूले तयार पार्नेछन्। तब, जब हामी आइपुग्नेछौं उपहार तयार हुनेछ, अनि त्यो इच्छापूर्वकको उपहार हुनु पर्छ, अनि त्यो तिमीहरूले असन्तुष्ट भएर दिए जस्तो नहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्। Viz kapitola |