२ इतिहास 35:7 - सरल नेपाली पवित्र बाइबल7 निस्तार-चाडमा मानिसहरूले चलाऊन् भनी योशियाह राजाले आफ्ना गोठ र बगालबाट तीस हजार भेडा, थुमा र बाख्राका पाठाहरू र तीन हजार साँढेहरू दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 योशियाहले निस्तार-चाड़को निम्ति त्यहाँ उपस्थित भएका सर्वसाधारणका लागि तीन हजार साँढ़े र तीस हजार भेड़ाबाख्रा दान दिए। यी सबै राजाले आफ्नै आमदानीबाट दिए। Viz kapitolaपवित्र बाइबल7 योशियाहले इस्राएलका मानिसहरूलाई निस्तार चाडका निम्ति मार्नु भनी 3,000 भेंडा र बाख्राहरू दिए। तिनले मानिसहरूलाई 3,000 गाई-बस्तुहरू पनि दिए। यी सबै पशुहरू राजा योशियाहका आफ्नै बगालका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 योशियाहले त्यहाँ भएका सबै साधारण मानिसहरूका निम्ति निस्तार चाड बलिदानको लागि तीस हजार भेडाबाख्राहरू र तीन हजार पशुहरू सबै राजाकै सम्पत्तिबाट प्रबन्ध गरिदिए। Viz kapitola |