२ इतिहास 35:3 - सरल नेपाली पवित्र बाइबल3 उनले परमप्रभुलाई अर्पण गरिएका इस्राएलका गुरु लेवीहरूलाई यी आदेश दिए, “दाऊदको छोरो सोलोमन राजाले बनाएका मन्दिरमा करारको पवित्र सन्दुक राख। अब तिमीहरूले त्यो ठाउँ-ठाउँमा लिएर हिंड्नुपर्दैन; तर परमप्रभु आफ्ना परमेश्वर र उहाँका प्रजा इस्राएलको सेवा गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले परमप्रभुमा समर्पित भएका सारा इस्राएललाई सिकाउने लेवीहरूलाई भने, “इस्राएलका राजा दाऊदका छोरा सोलोमनले निर्माण गरेको मन्दिरमा पवित्र सन्दूक राख। त्यो तिमीहरूले बोकिहिँड्नुहुँदैन। Viz kapitolaपवित्र बाइबल3 योशियाहले ती लेवीहरूसँग कुरा-कानी गरे जसले इस्राएलका मानिसहरूलाई शिक्षा दिन्थे अनि जसलाई परमप्रभुको सेवाको निम्ति पवित्र तुल्याइएका थिए। तिनले ती लेवीहरूलाई भने, “पवित्र सन्दूकलाई मन्दिर भित्र राख जसलाई सुलेमानले निर्माण गरे। सुलेमान दाऊदका छोरा थिए। दाऊद इस्राएलका राजा थिए। पवित्र सन्दूकलाई काँधमा बोकेर एक स्थान देखि अर्को स्थानतिर नलैजाऊ। अब परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। परमेश्वरका मानिसहरू इस्राएलका मानिसहरूको सेवा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले सारा इस्राएललाई सिकाउने र याहवेहकहाँ पवित्र पारिएका लेवीहरूलाई भने: “पवित्र सन्दुकलाई इस्राएलका राजा दावीदका छोरा सोलोमनले बनाएको मन्दिरमा राख्नू। यसलाई तिमीहरूका काँधमा राखेर यताउता नलैजानू। अब याहवेह तिमीहरूका परमेश्वर र इस्राएलका मानिसहरूको सेवा गर्नू। Viz kapitola |