२ इतिहास 33:7 - सरल नेपाली पवित्र बाइबल7 उनले मन्दिरमा एउटा मूर्ति राखे, जुन मन्दिरबारे परमप्रभुले दाऊद र उनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यहाँ यरूशलेममा यस मन्दिरमा त्यो स्थान छ, जुन मैले इस्राएलका बाह्रै कुलका जम्मै भू-भागका बीचबाट मेरो आराधना गरिने स्थान चुनेको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनले बनाउन लाएको मूर्ति परमेश्वरको मन्दिरभित्र राखे, जुन मन्दिरको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यो मन्दिर र यरूशलेममा म सदासर्वदाको निम्ति मेरो नाउँ राख्नेछु। Viz kapitolaपवित्र बाइबल7 मनश्शेले एउटा मूर्तिको शालिक बनाए अनि त्यसलाई परमेश्वरको मन्दिरमा राखे। त्यही मन्दिर जसको बारेमा परमेश्वरले दाऊद अनि तिनका छोरा सुलेमान सित कुरा-कानी गर्नु भएको थियो। परमेश्वरले भन्नु भएको थियो, “म मेरो नाउँ यो मन्दिर अनि यरूशलेम त्यो शहरमा राख्छु जसलाई मैले सबै परिवार समूहका सबै शहरहरूबाट चुनेको छु, अनि मेरो नाउँ सदा-सर्वदा त्यहाँ रहने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले आफूले खोपेका आकृतिलाई लिएर त्यसलाई परमेश्वरको मन्दिरमा राखिदिए, जसको विषयमा परमेश्वरले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। Viz kapitola |