२ इतिहास 3:1 - सरल नेपाली पवित्र बाइबल1 सोलोमनका बुबा दाऊद राजाले मन्दिर बनाउने ठाउँ तयार पारिसकेका थिए। त्यो ठाउँ यरूशलेमको मोरीयाह डाँडामा थियो, जुन ठाउँमा यबूसी र अरौनाको खला थियो जहाँ दाऊदलाई परमप्रभुले दर्शन दिनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब सोलोमनले तिनका पिता दाऊदले परमप्रभुको दर्शन पाएर यबूसी अरौनाको खलामा एउटा स्थान तयार पारेका यरूशलेमको मोरीयाह डाँड़ामा परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे। Viz kapitolaपवित्र बाइबल1 सुलेमानले यरूशलेमको मोरीयाह पर्वतमा परमप्रभुको मन्दिर निर्माण गर्न शुरू गरे। मोरीयाह पर्वत त्यो स्थान हो जहाँ परमप्रभु दाऊद, सुलेमानका पिता कहाँ आउनु भएको थियो। सुलेमानले त्यस स्थानमा मन्दिर निर्माण गरे जुन स्थान दाऊदले तयार पारेका थिए। यो स्थान ढिकी भएको खलामा थियो जो यबूसी ओर्नानको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब सोलोमनले तिनका पिता दावीदकहाँ याहवेह देखा पर्नुभएको मोरीयाह पर्वतमाथि यरूशलेममा याहवेहको भवन निर्माण गर्न सुरु गरे। त्योचाहिँ यबूसी अरौनाको खलामा तिनका पिता दावीदले प्रबन्ध गरेको स्थानमा थियो। Viz kapitola |