२ इतिहास 18:3 - सरल नेपाली पवित्र बाइबल3 उनले सोधे, “के तपाईं मसित रामोतमाथि आक्रमण गर्न आउनुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म तयारै छु। मेरो सेना पनि तयार छ। हामी तपाईंसित एक हुनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोत-गिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्तै हुन्। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।” Viz kapitolaपवित्र बाइबल3 आहाबले यहोशापातलाई भने, “तपाईं म सित रामोत गिलाद माथि आक्रमण गर्न जानु हुन्छ?” आहाब इस्राएलका राजा थिए अनि यहोशापात यहूदाका राजा थिए। यहोशापातले आहाबलाई उत्तर दिए, “म तपाईं जस्तै हुँ अनि मेरा मानिसहरू तपाईंका मानिसहरू जस्तै हुन्। हामी युद्धमा तपाईंको साथ दिनेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई सोधे, “के तपाईं रामोत-गिलादको विरुद्धमा आक्रमण गर्न मसित जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म तपाईंजस्तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। हामी तपाईंलाई युद्धमा साथ दिनेछौँ।” Viz kapitola |