२ इतिहास 16:3 - सरल नेपाली पवित्र बाइबल3 “हामी आफ्ना बुबाहरूले झैँ मित्रता गरौं। यी सुन र चाँदी मैले तपाईंलाई कोसेली पठाउँदै छु। इस्राएलका राजा बाशासितको मित्रता तोड्नुहोस् र उनले मेरो देशबाट आफ्ना फौज निकाली लैजानुपरोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “हाम्रा पुर्खाहरूका बीचमा भएझैँ हाम्रा बीचमा एउटा सन्धि होस्। अब म यो सुन र चाँदीको सौगात पठाउँदैछु। यसैकारण इस्राएलका राजा बाशासँग तपाईंको सन्धि तोड़िदिनुहोस्, र मेरो विरुद्धमा गरेको यो धावा तिनले छोड़िदेऊन्।” Viz kapitolaपवित्र बाइबल3 “बेनहदद, तिमी अनि म माझ एक सन्धि होस्। हामी यसलाई तपाईंका पिता अनि मेरा पिताले गरेका सन्धि जस्तै तुल्याऔं। हेर्नुहोस्, म तपाईं कहाँ सुन अनि चाँदी पठाउँदै छु। अब, बाशा, इस्राएलका राजासँगको तपाईंको सन्धि भङ्ग गरी दिनुहोस् जसद्वारा तिनले मलाई एक्लो छाडने छन् अनि मलाई दिकदारी दिन बन्द गर्ने छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले भने, “मेरा पिता र तपाईंका पिताको बीचमा झैँ, म र तपाईंको बीचमा पनि एउटा सन्धि होस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुन पठाइरहेको छु। अब तपाईं र इस्राएलका राजा बाशाको बीचको सन्धि तोड्नुहोस्; ताकि तिनी मदेखि हटेर जाऊन्।” Viz kapitola |