१ थेसलोनिकी 2:17 - सरल नेपाली पवित्र बाइबल17 दाजुभाइहरू, तिमीहरूबाट छुट्टिएर एक छिन शरीरमा देख्न नपाए पनि मन-विचारमा छुट्टिएका छैनौं। हाम्रो तिमीहरूलाई फेरि भेट्ने धेरै ठूलो इच्छा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनकि भाइ हो, हृदयबाट होइन, तर आँखाको सोझो तिमीहरूसँग अल्प समयको निम्ति बिछोड भएका हुनाले, उत्कट इच्छाले तिमीहरूलाई आमनेसामने भेट गर्न उत्सुकतासाथ हामीले चेष्टा गर्यौं। Viz kapitolaपवित्र बाइबल17 हे दाज्यू-भाइहरू र दिदी-बहिनीहरू! छोटो समयको लागि हामी तिमीहरूबाट छुट्टिएका थियौं। हामी शारीरिक रूपमा तिमीहरू सित छैनौ तर हाम्रो सोचाइमा तिमीहरूसितै छौं। तिमीहरूलाई भेट्न हामी खुबै उत्सुक थियौं र हामीले भेट गर्नु कड चेष्टा पनि गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर दाजुभाइ-दिदीबहिनीहरू हो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौँ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौँ। Viz kapitola |