सपन्याह 3:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यसको बीचमा रहनुभएको परमप्रभु धर्मात्मा हुनुहुन्छ। उहाँ कुनै खराबी गर्नुहुन्न। उहाँले बिहानैपिच्छे न्याय गर्नुहुन्छ। प्रत्येक नयाँ दिन उहाँ चुक्नुहुन्न, तापनि अधर्मीलाई लाज लाग्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर, परमप्रभु अझसम्म सहरमा हुनुहुन्छ, उहाँले उचित काम गर्नुहुन्छ, अनुचित कहिल्यै गर्नुहुन्न। हरेक बिहान कहिले नबिराई उहाँले आफ्ना प्रजामाथि न्याय गर्नुहुन्छ। तरै पनि त्यहाँका अधर्मी मानिसहरूले नलजाई पाप गरिरहन्छन्। Viz kapitolaपवित्र बाइबल5 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैँ उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ; उहाँले कहिल्यै खराबी गर्नुहुन्न। बिहानैपिच्छे उहाँले आफ्नो न्याय प्रकट गर्नुहुन्छ; अनि हरेक नयाँ दिन उहाँ चुक्नुहुन्न, तर पनि अधर्मीले लज्जित हुन जान्दैन। Viz kapitola |