सपन्याह 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 त्यस दिन मप्रति गरेका तेरा सबै दुष्ट्याइँको कारण तँलाई शर्म पर्नेछैन, किनभने आफ्नो घमण्डमा खुशी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्नेछु। मेरो पवित्र डाँड़ामा तँ फेरि कहिल्यै अहङ्कारी हुनेछैनस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस बेला मेरा प्रजा तिमीहरूले मेरो विरुद्धमा विद्रोह गरेका कारणले लाज मान्नुपर्नेछैन। घमण्ड र शेखीले फुलेकाहरूलाई म हटाउनेछु र मेरो पवित्र डाँडामा तिमीहरूले कहिल्यै फेरि मेरो विरुद्धमा विद्रोह गर्नेछैनौ। Viz kapitolaपवित्र बाइबल11 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डी मानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका सारा दुष्कर्मको निम्ति यरूशलेम शर्ममा पर्नेछैन; किनकि म तिमीहरूको बीचबाट धाक लगाउने अहङ्कारीहरूलाई निकाल्नेछु। तिमीहरू फेरि कहिल्यै मेरा पवित्र पहाडमा अहङ्कारी हुनेछैनौ। Viz kapitola |